आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेको चाँदी आज प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top button