एमाले अध्यक्ष ओलीद्वारा सौर्य ऊर्जा विद्युत परियोजनाको उद्घाटन

विर्तामोड । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको शिवसताक्षी नगरपालिका–४ मा निर्मित सौर्य ऊर्जा विद्युत परियोजनाको उद्घाटन गर्नुभएको छ ।

झापा इनर्जी लिमिलेडले निर्माण गरेको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजनाको अध्यक्ष ओलीले आज उद्घाटन गर्नुभएको हो । झापा इनर्जीले निर्माण गरेको सो परियोजना सौर्य परियोजनाहरूमध्येकै ठूलो हो ।

त्यो सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा राष्ट्रिय ग्रिडमा जडान भइसकेको छ । त्यसबाट उत्पादित १० मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको हो।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र–४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताउनुभयो। साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो ।

यस्तै, झापा इनर्जीको समुद्घाटन कार्यक्रममा १० हजार सर्वसाधारणको सहभागिता थियो ।

Back to top button