विदेशीको इसारामा नेपालको हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पारियो : थापा

विराटनगर : राष्ट्र प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले विदेशी शक्तिको इसारामा नेपालको हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पारिएको आरोप लगाउनु भएको छ । थापाले २०६३ सालको आन्दोलनकारीले अन्तिम समयमा विदेशी दबावमा परेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाउनु भएको हो ।

आज विराटनगरमा राप्रपा नेपालको पार्टी प्रवेश तथा जिल्ला समिति घोषणा कार्यक्रममा बोल्दै थापाले २०६३ सालको आन्दोलनकारीले तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग राजतन्त्रलाई समेत भूमिका दिने सहमति गरेर अन्तिम समयमा धोका दिएको बताउनु भएको थियो । थापाले आफ्नो उपस्थितिमा तत्कालिन राजा र आन्दोलनकारी बिच भएको सहमति अनुसार राजतन्त्रलाई भूमिका दिने भनिएको भए पनि अन्तिम समयमा राजालाई धोका दिएको बताउनु भएको थियो ।

थापाले नेपालको संविधान अनुसार गणतन्त्र , धर्मनिरपेक्षता र संघियता परिवर्तनशिल बिषय भएकोले राप्रपा नेपालले व्यवस्था परिवर्तन थाल्न आन्दोलन थाल्ने समेत जिकिर गर्नु भएको थियो ।

त्यस्तै , थापाले विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रवेश गर्नुभएका व्यक्तिलाई पार्टीमा स्वागत समेत गर्नु भएको थियो । थापाले राप्रपा मोरङका पूर्व जिल्ला अध्यक्ष माधव आचार्य , राप्रपा कोशी प्रदेश सचिव भरतप्रसाद पोखरेल , पूर्व माओवादी लडाकु कुमार ढकाल लगायतलाई खादा , माला लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

Back to top button