प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङले आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँगै झण्डै एक घण्टा छलफल गर्नुभएको हो ।

बालुवाटार स्रोतले उहाँहरूबीच द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको जानकारी दिएको छ । चिनियाँ राजदूत सोङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन र बीआरआईलगायत चिनियाँ परियोजनाको विषयमा चासो राख्नुभएको थियो ।

प्रधानमन्त्रीले असोजमा चीन भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न १३ बुँदे सम्झौता भएको थियो। बीआरआई परियोजनालाई प्रचण्ड नेतृत्वको सरकारले महत्व नदिँदा चीन सशंकित हुँदै आएको छ। बीआरआई परियोजना चिनियाँ राष्ट्रपति सीको‘ड्रीम प्रोजेक्ट’ हो ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) चीनले भूमिमा आधारित सिल्क रोड इकोनोमिक बेल्ट (एसआरईबी) र समुद्रमा जाने समुद्री सिल्क रोड (एमएसआर)मार्फत् कनेक्टिभिटी र व्यापार सञ्जाल बढाउन युरेसियन (युरोप र एसिया) देशहरूलाई प्रस्ताव गरेको विकास रणनीति हो ।

Back to top button