पुँजीगत खर्च १७ प्रतिशत मात्रै हुनु बिडम्बना : सांसद मैनाली

काठमाडौं । सांसद अच्युतप्रसाद मैनालीले पुँजीगत खर्चतर्फ विनियोजित रकमको १७ प्रतिशत मात्र खर्च हुनु विडम्बनापूर्ण भएको बताउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सरकारको चालु आबको ७ महिना चलिरहँदा पुँजीगत खर्चतर्फ विनियोजित ३ खर्ब रकमको १७ प्रतिशत मात्र खर्च हुनु विडम्बनापूर्ण भएको बताउनुभयो ।

तामागढी सिम्रौनगढ सडकखण्डबाट प्रभावित किसानलाई तत्काल मुआब्जा दिलाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘मुआब्जातर्फ सरकारले बजेट विनियोजन गरेको छ, तर त्यो हात्तीको देखाउने दाँत जस्तो भएको छ, तामागढी सिम्रौनगढ सडकखण्डको करिब ३० किलोमिटरको मुआब्जा २ अर्ब ९७ करोड जनताले बर्षौदेखि पाएका छैनन्, जनता आन्दोलित भएका छन्, म सरकारसँग अबिलम्ब बजेटमा विनियोजन रकमको निकासा गरी किसानहरुलाई जग्गाको मुआब्जा दिलाइयोस् भन्ने माग गर्दछु मैनालीले भन्नुभयो ।

Back to top button