राज्यको सम्पत्ति दोहन गर्नेलाई नै राजनीतिक संरक्षण मिलेको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नागरिकता किर्ते, सरकारी जग्गा कब्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारवाही हुन नसकेको बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टीले अनियमिता गर्नेलाई ७२ घण्टाभित्र कारबाही गरेको उल्लेख गर्दै अन्य दलमा रहेका दोहनकारीलाई कारवाही गर्न कसले रोक्यो भन्दै प्रश्न समेत गर्नुभयो। अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि बोलाउँदा पनि नजाने नेताका दलहरुले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने सभापति लामिछानले भनाइ छ ।

सदनलाई उत्तरदायिका साथ प्रभावकारी बनाउन रास्वपाले प्रभावकारी भूमिका निर्वाह गर्ने भन्दै उहाँले संसदले क्यालेन्डर बनाएको प्रति आभार व्यक्त गर्नुभयो। उहाँले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्यका साथै समस्या समाधानको प्रतिवेदन रास्वापाले तयार गरेको र आवश्यक परे सरकारले रास्वपाको सहयोग लिन सक्ने उल्लेख गर्नुभयो ।

Back to top button