प्रधानमन्त्री प्रचण्डले फागुन ६ गते सांसदले सोधेको प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ६ गते प्रतिनिधि सभाका सांसदहरूले सोधेका प्रश्वको जवाफ दिने हुनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले फागुन ६ गतेलाई प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी गराउनुभयो ।

उहाँले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन भइसकेकाले समूह ३ मा रहेका सांसदहरूले फागुन २ गते दिनको ३ बजे संघीय सचिवालयका महासचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा बुझाउन आग्रह गर्नुभयो ।

बैठकमा विभिन्न सांसदहरूले समसायिक विषयमा सरकारसँग सोधेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुहुने छ ।

Back to top button