एमाले दोलखाको अध्यक्षमा तीन जनाकाे उम्मेदवारी घोषणा

दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षमा तीन जना उम्मेद्वार बनेका छन्। एमाले दोलखाका निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष इश्वरचन्द्र पोखरेल र पूर्वसचिव भरतप्रसाद दुलालले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको हो ।

सदरमुकाम चरिकोटमा जारी दशौं जिल्ला अधिवेशनमा तीन जनाले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन मण्डलले जनाएको छ ।  श्रेष्ठ र पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रनुभएको छ भने दुलाल प्यानलबिना प्रतिस्पर्धा गर्नुभएको छ ।

सदरमुकाम चरिकोटमा जारी दशौं जिल्ला अधिवेशनमा तीन जनाले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन मण्डलले जनाएको छ । श्रेष्ठ र पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रनुभएको छ भने दुलाल प्यानलबिना प्रतिस्पर्धा गर्नुभएको छ ।

यस्तै, पोखरेल, श्रेष्ठ र दुलाल नेकपा एमाले दोलखाको आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा क्रमशः अध्यक्ष, उपाध्यक्ष र सचिवमा चयन हुनुभएको थियो । अध्यक्षका उम्मेदवार नरबहादुर पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ निकट र इश्वरचन्द्र पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलको समर्थनमा मैदानमा उत्रनुभएको हो।

त्यसैगरी उपाध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धर र निवर्तमान सचिव हिरा थोकरको उम्मेद्वारी परेको छ। मानन्धर श्रेष्ठ र थोकर पोखरेल प्यानलबाट उम्मेदवार बन्नुभएको हो। यस्तै सचिवमा श्रेष्ठको प्यानलबाट निवर्तमान एमाले जिल्ला कमिटी सदस्य तथा गौरीशङ्कर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्का र पोखरेलको प्यानलबाट कानुन व्यवसायीसमेत रहेका एमाले नेता कृष्णबहादुर बस्नेतले उम्मेद्वारी दिनुभएको छ।

दुईजना उपसचिवको लागि १२ जनाको उम्मेद्वारी परेको छ। खुलातर्फ इश्वर न्यौपाने, विदुर शर्मा, धिरज सुवेदी, गणेश शिवाकोटी, हरि ओली, टपिन्द्र खड्का, लोकबहादुर नेपाली, धन बहादुर तामाङले उम्मेद्वारी दिनुभएको छ । यस्तै महिलातर्फ कमला बस्नेत, मेनुका सुवेदी, गोमा केसी र सीता केसीको उम्मेद्वारी परेको छ ।

Back to top button