वि डिभिजन क्रिकेट प्रतियोगिता: विसिसि र ग्रमथान विजयी हुँदै सेमिफानलमा प्रवेश

विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिताअन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि)र ग्रामथान क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा विसिसिले होराइजन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २३ ओभरमा ७ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जस्मा सुजन भट्टराईले ४० रन बनाउँदा अनवर अन्सारीले १३ रन बनाउनुभयो । विसिसिका कृतिक कामत र अविशेक मण्डलले समान २–२ विकेट लिनुभयो ।

यस्तै, १ सय १२ रनको विजयी लक्ष पछ्याएको विसिसिले २० ओभरमा ५ विकेट गुमाई सो लक्ष्य भेट्टाएको हो । जस्मा धिरज कामतले ३९ रन बनाउँदा अमन गुप्ताले २७ रन र कृतिक कामतदे नटआउट २२ रनको योगदान दिनुभयो । होराइजनका मनिस मण्डल,अमन मण्डल, सुजल भट्टराई, श्रवण मण्डल र लविस भण्डारी १–१ विकेट लिनुभयो ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले जहदा क्रिकेट क्लवलाई ३ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २३ ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनायो । जस्मा विवेक मुखियाले १७ रन बनाउँदा विशाल मण्डलले १२ रन बनाउनुभयो । ग्रमथानका पारस चौधरीले सर्वाधिक ५ विकेट लिनुभयो ।

यस्तै, १ सय १२ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले २२ ओभरमा ७ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच अनिष विश्वकर्माले ४३ रन बनाउँदा विकाश कार्कीले १५ रनको योगदान दिनुभयो । जहदाका आमोद मण्डल र पाण्डव मण्डलले २–२ विकेट लिनुभएको थियो ।

Back to top button