एभरेष्ट अन्तर हाउस फूटबल प्रतियोगितामा आज चार खेल सम्पन्न

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा हिजोदेखी सुरु भएको अन्तरहाउस फुटबल प्रतियोगिता अन्तरगत आज चार खेल भएका छन् ।

आज पहिलो खेल कक्षा ६ र ७ बाट गण्डकी र कर्णाली हाउस बिछ भएको थियो । उक्त खेलमा गण्डकी हाउस ७ शुन्यको फराकिलो अन्तरले विजयी भयो । यस खेलको म्यान अफ द म्याच सक्षम पाण्डे हुनुभयो ।

दोस्रो खेल कक्षा ८ र ९ बाट गण्डकी र कोशी हाउसबिच भयो । यस खेलमा कोशीले ३ शुन्यको गोल अन्तरमा विजय हासिल गर्‍यो । उक्त खेलको म्यान अफ द म्याच रायन पोखरेल हुनुभयो ।

८ र ९ कै कर्णाली र मेची बिच भएको तेस्रो खेलमा कर्णाली विजयी भयो । कर्णालीले २ गोल गर्दा मेची गोलरहित रह्यो । यस खेलको म्यान अफ द म्याच मो. अलताफ हुनुभयो ।

यस्तै छात्रा तर्फ पनि मेरीगोल्ड र लोटस हाउसले प्रतिष्पर्धा गरेका छन् । उक्त खेलको निर्धारित समयमा दुवै टीम गोलरहित बराबरीमा रोकिएपछी निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा मेरीगोल्डले ० र लोटसले ३ गोल गरे । यस खेलको म्यान अफ द म्याच लोटसकी गोलकिपर सेविका कटुवाल हुनुभयो ।

प्रतियोगिता अन्तरगत भोली फाईनल खेलहरू हुनेछन् ।

Back to top button