सुपर ओभरमा विजयी हुँदै बीसीसी बी डिभिजन क्रिकेट च्याम्पियन

विराटनगर । मोरङ जिल्लास्तरीय को डिभिजन क्रिकेट प्रतियोगिताको उपाधी विराटनगर क्रिकेट क्लब (बीसीसी) ले जितेको छ ।

विराटनगरको वैजनाथपुरस्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा विजयी हुँदै बीसीसी च्याम्पियन बनेको हो।
बीसीसीले झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गरेको हो ।

खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरी स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो ।

टस जितेर ब्याटिङ गरेको बीसीसीले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । उस्कालागी अनिल यादवले ४१ रन बनाउँदा धिरज कामतले २३रन, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिनुभयो । ग्रामथानका आर्यन बास्कोटाले ३ विकेट लिँदा निर्वेश लुइटेलले २ विकेट लिनुभयो ।

१ सय ४० रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।

ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बास्कोटाले नटआउट २० रन निर्वेश लुइटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिनुभयो । बीसीसीका म्यान अफ फाइनल रितेश झाले ४ विकेट लिँदा आर्यन शाहीले २ विकेट तथा कृतिक कामत , आशिष राजवंशी र अविशेक मण्डलले समान १–१ विकेट विकेट लिनुभयो ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर राहुल चौधरी , उत्कृष्ट बलर विशेक मण्डल र म्यान अफ द सिरिज कृतिक कामत घोषित हुनुभयो । उहाँहरू तीनै जना बीसीसीका खेलाडी हुनुहुन्छ ।

माघ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा मोरङका १६ वटा बी डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताउनुभयो ।

विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलाडि नन्दकिशोर राठी, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफि वितरण गर्नुभयो ।

Back to top button