डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते

डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गएराति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको भेरि यातायात प्रालिको ना ६ख ५४५० नम्बरको बस स्याउले नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बसको प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लैजाने क्रममा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताउनुभयो ।

यस्तै, दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Back to top button