अर्धशतक बनाउँदै कुशल भुर्तेल आउट

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल क्यानडासँगको पहिलो ओडिआई खेलमा अर्धशतक बनाउँदै आउट हुनुभएको छ ।

स्पिनर तथा कप्तान साद विन जफरको १९ औं ओभरको तेस्रो बलमा अघि बढेर सट खेल्न खोजे पनि मिस भएपछि कुशल भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट हुनुभएको हो । उहाँले ५८ बलमा ९ चौका र १ छक्का हन्नुभयो । उहाँको ओडिआई करिअरको सातौं अर्धशतक हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउादै १०६ रन बनाएको छ । भीम सार्की १७ र कुशल मल्ल ४ रनमा खेल्नुभएको छ ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको नवौं ओभरको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट ८ रनमा सहजै आउट हुनुभएको थियो । कप्तान रोहित पौडेल सोहिको सर्ट बलमा रोक्न खोजे पनि टप एज लागेर प्वाइन्टमा ठकेरबाट ८ क्याच आउट हुनुभएको थियो ।

Back to top button