विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोमबिच स्वास्थ्यसेवा सम्बन्धि सम्झौता

विराटनगर । विराटनगर हार्डवेयर संघ तथा विराट नर्सिङ होम प्रा.लि. विराटनगरबिच स्वास्थ्य परिक्षण छुटसँग सम्बन्धित सम्झौता भएको छ ।

संघमा दर्ता भएका हार्डवेयर व्यवसायका सदस्य, कार्यरत कर्मचारी र कर्मचारीका आश्रीत परिवारका सदस्यहरुको स्वास्थ्योपचारमा सघाउ पुर्‍याउने उद्देश्यले सम्झौता भएको हो ।

सम्झौता अनुसार स्वास्थ्य परिक्षण गर्दा विभिन्न सेवाहरुका विशेष छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ । स्म्झौता पत्रमा हार्डवेयर संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल र विराट नर्सिङ होम प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

निकट भविष्यमा हार्डवेयर संघ तथा विराट नर्सिङ होम प्रा.लि. बिच स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत योजना बनाइएको हार्डवेयर संघका सदस्य अनन्त निरौलाले बताउनुभयो ।

Back to top button