एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।

एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न आज गरुडा पुग्नुभएका उहाँको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाएर स्वागत गरेको हो।

यस्तै, एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन आज नै अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने छ ।

Back to top button