नेकपा एमाले ६ जिल्लाको अधिवेशन सकियो, बाँकीले जेठ मसान्तभित्र सक्नुपर्ने

काठमाडौं । नेकपा एमालेको ६ जिल्लाको अधिवेशन भएको छ । हालसम्म ६ जिल्लाको अधिवेशन भएको हो ।

एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा. भीष्मराज अधिकारीका अनुसार हालसम्म मुगु, दार्चुला, म्याग्दी, दोलखा, महोत्तरी र रौतहटको अधिवेशन भएको छ । यसमध्ये रौतहटको अधिवेशन भने आज सकिन लागेको छ ।

यस्तै,धादिङको अधिवेशन भने विवादका कारण स्थगित भएको छ । आन्तरिक लफडाले स्थगित भएको एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेदेखि सुरु हुने भएको हो ।

एमालेले २०८१ जेठ मसान्तभित्र सबै जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ । जसका लागि एमाले केन्द्रले सबै जिल्लामा परिपत्र समेत पठाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले जिल्ला अधिवेशन विधान बमोजिम गर्नका लागि प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्नुभएको हो ।

Back to top button