माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको छ । बैठक भोलि पनि बस्ने छ ।

बैठकमा विधान मस्यौदाबारे छलफल हुने जनाइएको छ । यसअघि पुस २८ गते बसेको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो।

पार्टीको विधानअनुसार केन्द्रीय कमिटीले अन्तिमरुप दिएपछि मात्रै विधान पारित हुने व्यवस्था छ। स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने माओवादीको तयारी छ ।

Back to top button