कोशी सरकार बिस्तारको तयारी, आज ४ बजे शपथ

विराटनगर । कोशी प्रदेश सरकार आज विस्तार हुनेभएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार बेलुका ४ बजे शपथ हुने तय भएको छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने हुनुभएको छ ।

यस्तै, माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ ।

स्रोतले दिएको जानकारी अनुसार सुनुवार सुनुवार स्वास्थ, खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ । यस्तै, थापा स्वास्थ्य राज्यमन्त्री बन्नुहुने छ । यस्तै, माओवादी केन्द्रका बुर्जा मगर सिँचाई तथा उर्जा र कार्की सामाजिक विकास मन्त्री हुने हुनुभएको छ ।

हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ ।

Back to top button