महेन्द्र मोरङ क्याम्पस परिसरमा अपराधको संकेत फेला

विराटनगर । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर परिसरमा टुक्रिएको अवस्थामा हातको औंला प्रहरीले बरामद गरेको छ । क्याम्पस परिसरमा मानिसको जस्तो देखिने औंला फेला परेपछि प्रहरीले त्यसलाई बरामद गरेर अनुसन्धान सुरु गरेको हो ।

मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले अपराध भएको आशंका उब्जाउने किसिमको मानव अंग फेला परेपछि अहिले त्यसको विषयमा बहुआयमिक कोणबाट अनुसन्धान सुरु गरिने जानकारी दिनुभयो ।

Back to top button