न्यूरो हेल्थ कलेजमा विद्यार्थीको स्वागत र विदाई

विराटनगर । विराटनगर स्थित न्यूरो हेल्थ कलेजमा आज नयाँ विद्यार्थीको स्वागत र अध्ययन सकेका विद्यार्थीको विदाई गरिएको छ ।

न्यूरो कार्डीयो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रालिद्वारा संचालित यस कलेजमा विभिन्न मनोरञ्जनमूलक कार्यक्रमका साथ स्वागत र विदाई गरिएको हो ।

कार्यक्रममा सिटिईभिटी कोशी प्रदेश प्रमुख दिपिका शर्माले कलेजले पटकपटक उत्कृष्ट नतिजा ल्याएर बोर्ड प्रथम भएको भन्दै बधाई दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट, निर्देशक राजेश भट्टराई, कलेज प्रमुख टिकाप्रसाद निरौलालगायतले नयाँ विद्यार्थीको स्वागत र अध्ययन पूरा गर्ने विद्यार्थीको विदाइ गर्नु भएको थियो ।

एचए र प्रवीणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रम अध्यापन हुने यस कलेजका विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

Back to top button