माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बस्दै छ । बिहान ११ बजेबाट राष्ट्रियसभा गृहमा सुरु हुने बैठक २ दिनसम्म चल्ने छ ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय कमिटीको बैठकको पहिलो दिन जनतासँग माओवादी विशेष अभियानको समिक्षा र दोस्रो दिन विधानका बारेमा छलफल हुने छ ।

बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टीभित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा बैठकमा छलफल हुने छ । बैठकमा समसामयिक राजनीति विषयवस्तुमा पनि छलफल हुने छ । माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरेको छ ।

Back to top button