माओवादी केन्द्रले नेताको फुली थपेरै समय सक्ने भयो : एमाले नेता बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रले नेताको फुली थपेरै समय सक्ने गरेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ,‘पुष्पकमल नेतृत्वको माओवादीले दुईवटा राम्रो काम गर्ला कि भनेर सास रोकेर बस्या थेँ, त्यो पनि लास्टा उही भो । नाम बदल्ने कुरा हराएछ र सोली आकारको पार्टी संरचना बदल्ने कुरो पनि ९९ बाट १५१ हुँदै अन्तिममा महाधिवेशनले केकको संख्या टुंगो लाउने भनेछ । त्यसले पनि नेताको फुली थपेरै समय सक्ने भएछ ।’

यस्तै, माओवादी केन्द्रको विधान सम्मेलन आगामी फागुन १ गतेदेखि हुँदै छ ।

Back to top button