एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ । दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएको हो । घटना भने हिजोको हो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको हो ।

उपमहासचिव विष्णु रिमालका अनुसार गाडी शनिवार दुर्घटना भएको थियो । नेता रिमालले आज एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर सार्वजनिक गर्नुभएको हो ।

दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपसचिव पद्मा खड्काको हातमा भने चोट लागेको छ । उहाँको हातमा प्लास्टर गरिएको छ ।

Back to top button