एमाले अध्यक्ष ओली शाली नदीमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंको साँखुस्थित शाली नदी पुग्नुभएको छ ।

स्वास्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली आज शाली नदी पुग्नुभएको हो । त्यहाँ पुगेर उहाँले माधवनारायण मन्दिरमा पूजा समेत गर्नुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

Back to top button