त्रिभुवन विमानस्थलको अध्यागमनमा प्रभावकारी सेवा दिन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा आवश्यक जनशक्ति थप गरि अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो ।

यस्तै, बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियम समयानुकल परिमार्जन गर्न निर्देशन दिएको छ । बैठकले भिसा समस्या देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न र खुला सीमा व्यवस्था कडा बनाउन पनि निर्देशन दिइएको उहाँले बताउनुभयो। बैठकले मानव तस्करी नियन्त्रण गर्न ,आवश्यक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा उपलब्ध गराउन र सडक माग्नेलाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।

Back to top button