ओडीआईमा डेब्यु गरेका हेमन्तले लिए क्यानडाको पहिलो विकेट

काठमाडौं । नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआई डेब्यु गरेका बलर हेमन्त धामीले क्यानडाको पहिलो विकेट लिएका छन् ।

क्यानडाविरुद्ध आज भएको तेस्रो ओडीआई खेलमा धामीको बलमा आरोन जोनसोन आउट भएका हुन् । उनी दोस्रो ओभरको चौथो बलमा देव खनालबाट क्याच आउट भए।

चार ओभरको समाप्तिमा अहिले क्यानडा १ विकेटको क्षतिमा ११ रन बनाएर खेलिरहेको छ। टस हारेर क्यानडाले ब्याटिङको निम्तो पाएको हो। यस अगाडि धामीले चोटका कारण आइसीसी यू १९ विश्वकप खेल गुमाएका थिए। तर, क्यानडासँगको खेलमा नेपालले युवा खेलाडीले मैदानमा उतारेको छ।

Back to top button