२०६ औं पटक रगत दान गर्ने अर्जुनद्वारा आत्महत्या, यस्तो छ कारण

विराटनगर । २०६ औं पटक रगतदान गर्नुभएका काभ्रेका अर्जुनप्रसाद मैनालीले आज आत्महत्या गर्नुभएको छ । उहाँको शव नेपाली समय अनुसार विहान अमेरिकाको नर्थ क्यारोलिना लंटा नेचर प्रिजर्भस्थित पार्कमा बन्द अवस्थामा रहेको एउटा गाडीभित्र जलेको अवस्थामा भेटिएको हो ।

अमेरिकामै रहनुभएका एक लेखक पुरुषोत्तम ढमालले मैनालीको आत्महत्याको पुष्टि गर्नुभएको छ । श्रीमती तारा कोइरालाको नाममा फेसबुकमा आत्महत्याको कारण उल्लेख गर्दै आफुले अर्को जुनी पाएमा त्यो जुनीमा पनि ताराकै श्रीमान बन्न पाउ भन्ने कामना समेत गर्नुभएको छ ।

रगत दान गरेर अरुको जीवन बचाउका लागि उत्प्रेरित गर्ने मैनालीले आफ्नो सालो रमेशकुमार कोइराला र उसकी श्रीमती अस्मिताको कारण आत्महत्याको परिस्थितिमा पुगेको उल्लेख गर्नुभएको छ । सालोको दुव्र्यवहारका कारण आफ्नो छोराले रातभर सुत्न नपाएको र परीक्षा बिग्रिएको उल्लेख गर्दै सालो र उनकी श्रीमतीको व्यवहार नै आफ्नो आत्महत्याको मुल कारण भएको उल्लेख गर्नुभएको छ । केही दिन अघि मात्र नेपालबाट अमेरिका फर्कीनुभएका मैनालीको आत्महत्याबाट धेरै आस्चर्यचकित भएका छन् ।

उहाँले केहीदिन अघि नेपालमा रहदा सुनसरी जिल्लाका पाचँ वर्षीय बालकलाई रगत दान गर्नुभएको थियो । त्यो उहाँको २०६ औं पटकको रगतदान थियो । विश्वको धेरै देशमा घुमेर रगत दान गर्नुभएका मैनाली रत्तादान सम्बन्धी कार्यक्रममा अमेरिका जादा पछि परिवारसँग उतै सेटल हुनुभएको थियो । मैनालीले मकाउ,आयरल्याड,अष्टे«लिया,मलावी,इक्वेडर,भारत,क्यानडा,बेलायत,बर्मुडा,केन्या,अर्जेन्टिना,मेक्सिको,धना,थाइल्याण्ड,इथियोपिया र रुवानडामा पुगेर पनि रगत दान गर्नुभएको थियो । उहाँका एक छोरा एक छोरी र श्रीमती छन् ।

मैनालीले सामाजिक संजाल फेसवुकमा आत्महत्याको कारण बताउँदै आफ्नी श्रीमतीको नाममा यस्तो पत्र लेख्नुभएको छ :

प्यारी श्रीमती तारा,
धेरै धेरै माया!
आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त?
छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन ।
गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ ।
म, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान । ॐ नम शिवाय !
ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात॥

Back to top button