१५१ वटा कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । संविधान कार्यान्वयनका लागि १५१ वटा कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

नेकपा एमालेकी सांसद दिलकुमारी रावलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गर्नुभएको हो । रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरु समर्थक छन् ।

Back to top button