अर्थतन्त्र सुधार्न आर्थिक अनुशासन आवस्यक : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुध्रिदै गएको बताउनुभएको छ । अर्थमन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बजेटको अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री महतले राजस्व वृद्धिदर ९ दशमल ६७ प्रतिशतले बढेको बताउनुभयो । जुन यसअघि ऋणात्मक थियो ।

‘राजस्व संकलन वृद्धि हुने गरी सरकारले काम गरिरहेको छ,’उहाँले भन्नुभयो,‘राजस्व बढाउनेबारे सरकारले समिति नै गठन गरेर अध्ययन गरिररहेको छ।’

उहाँले विदेशी सहयोग समेत बढने दावी गर्नुभयो । विदेशी लगानीको वातावरण समेत बन्दै गएको उहाँको भनाइ छ ।

‘केन्द्र सरकारसँग बजेट धेरै छैन, बजेट स्थानीय तह र प्रदेश तहमा बाँडिएको छ ,तर विकास माग्न चाँहि सबैजना केन्द्रमा आउनुहुन्छ,’अर्थमन्त्री महतले भन्नुभयो,‘विकास खोज्न प्रदेश र स्थानीय तहमा पनि जानुपर्‍यो ।’

लक्ष्यअनुरुपको आम्दानी हुने अवस्था नभएको भन्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न आर्थिक अनुशासन आवस्यक रहेको जिकिर गर्नुभयो।

Back to top button