गायिका मेनुकालाई राष्ट्रपतिद्वारा बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिनुभएको छ । आज शीतल निवासमा राष्ट्रपति पौडेलले उहाँलाई धन्यवाद दिंदै सम्मानसमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपतिले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उहाँको भनाइ थियो ।

यस्तै, गायिका पौडेल यतिबेला काठमाडौंमा हुनुहुन्छ । इण्डियन आइडलको अन्तिम १० बाट उहाँ गत साता बाहिरिनुभएको थियो। उक्त भारतीय रियालिटी शोले मेनुकालाई चर्चा दिलाएको छ ।

Back to top button