एमाले रौतहटको अध्यक्षमा साह, सचिवमा दाहाल निर्वाचित

रौतहट । नेकपा (एमाले) रौतहटको अध्यक्षमा सचितानन्द साह निर्वाचित हुनुभएको छ । एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा १९३ मत ल्याउँदै साह विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वि अखिलेश्वर चौधरीले १ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा रुपेश कुमार पटेल १ सय ३६ मत ल्याएर विजयी हुनुभएको छ । जिल्ला सचिव पदमा बाबुराम दाहालले २ सय २ मत ल्याएर विजयी हुनुभयो। उहाँका प्रतिद्वन्द्वि शिवप्रसादआचार्य ले १ सय ४७ मत प्राप्त गर्नुभयो ।

उपसचिवमा अवधेशकुमार यादव १ सय २९ मत ल्याइ विजयी हुनुभयो।

यस्तै, माघ २५ गते एमालेका अध्ययक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको १० औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि सोमबार मतदान भएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिनुभयो। मत गणना गएराति अबेर सकिएको थियो।

Back to top button