नवलपरासीमा हजुबुबा र नातीको घरमै हत्या

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुवा र नातिको हत्या भएको छ । गएराति अन्दाजी १,२ बजेको समयमा उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

हत्या हुनेमा ६५ वर्षीय अक्षयलाल चमार र उनका नाती ९ वर्षीय गौचरण चमार छन् । घरमै उनीहरुको हत्या भएको हो । सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं ५ छेउ नजिक उनीहरुको घर छ ।

त्यही उनीहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो । मृतक गौचरण २ नाति, १ नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए ।

पछिल्लो समय छोरा रोजगारीका लागि भारत गएका र बुहारी पनि १ नाति र १ नातिनी लिइ भारत माइती घरमा गएकी थिइन् । १ नाति भने मृतक गौचरणसँगै बस्दै आएका थिए ।

हत्या पश्चात उनीहरुको शव हत्याराले आँगनमा ल्याएर राखेका थिए । घटनास्थल रगताम्य देखिएकाले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीले आशंका गरेको छ । घटनास्थललाई प्रहरीले अहिले घेरा हालेर राखेको छ । घटनाको अनुसन्धान गर्न भैरहवाबाट कुकुर आउँदै गरेकाले थप अनुसन्धान त्यस पश्चात मात्र खुल्ने एसपी आचार्यले बताउनुभयो ।

Back to top button