सरकारले विधेयक नल्याउँदा कानुन बन्न सकेनन् : अध्यक्ष तिमिल्सिना

भरतपुर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले आवश्यकतानुसार कानुन बनाउन नसकेको बताउनुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले धेरै कानुन अझै बन्न बाँकी रहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रिय सभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘सरकारले विधेयक ल्याउनै सकेन।’

राष्ट्रिय सभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उहाँले भन्नुभयो,‘राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमै पास गरेर पठाएका छौँ।’ सरकारले कानुन बनाउने कुरा प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।

संसद्‌मा आएका विधेयक समयमै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उहाँले बताउनुभयो।

Back to top button