शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २ सय १७ जना सिफारिस भएका छन् ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखा परीक्षण सेवा र संघीय संसद् सेवा, सामान्य प्रशासन समूहतर्फको अधिकृत पदको प्रारम्भिक परीक्षा आयोगले गत असार १६ गते सन्चालन गरेको थियो ।

प्रारम्भिक परीक्षामा १५ हजार ९ सय ८४ जना सहभागी भएका थिए । उनीहरुमध्ये दोस्रो, तेस्रो र अन्तिम चरणको अन्तर्वार्ता परीक्षामा जम्मा १ सय ४३ जना छनोट भएका थिए । उनीहरुलाई माघ ९ गतेदेखि २६ गतेसम्म अन्तर्वार्ता लिएर अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

शाखा_अधिकृत_एकीकृत

Back to top button