आज विश्वभर ‘भ्यालेन्टाइन डे’ मनाइँदै, को हुन् भ्यालेन्टाइन?

विराटनगर । हरेक फ्रेबुअरी १४ मा विश्वभर भ्यालेन्टाइन डे मनाइन्छ । यो दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ । आजका दिन संसारभरि आफ्नो प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम देखाइन्छ ।

एउटा विश्वास छ, तेस्रो शताब्दीतिर रोममा सेन्ट भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए । विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन् भन्ने सोचले राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए । तर, सन्त भ्यालेन्टाइनले राजाले लगाएको नियम सही नभएको भन्दै गोप्य रूपमा मागी विवाह गरे। भ्यालेन्टाइनको यो हर्कत अन्ततः क्लाउडिसको कानसम्म पुग्यो ।

राजाको निर्देशन विपरीत गएको भन्दै फ्रेबुअरी १४ का दिन सन्त भ्यालेन्टाइनलाई मारिने घोषणा भयो। त्यसै दिन उनले आफ्नी श्रीमतीलाई चिठी लेख्दै, चिठीको अन्तिममा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए ।

भ्यालेन्टाइनलाई रोमको प्राक्सेडिजमा गाडिएको थियो। सम्झनामा श्रीमती जुलियाले भ्यालेन्टाइको चिहान वरिपरि त्यतिबेला ‘अल्मोन्ड’का बिरुवा रोपेकी थिइन् । र, आज के विश्वास गरिन्छ भने त्यही अल्मोन्डको रुखलाई जीवन्त प्रेमको संकेतको रूपमा लिइन्छ ।

हो, यही फ्रेबु्रअरी १४ अहिले विश्वभरि नै भ्यालेन्टाइन डे का नामले चर्चित छ । विशेषगरी बेलायत, क्यानडा, अमेरिका, मेक्सिको, फ्रान्स, अस्ट्रेलियाजस्ता देशमा यसलाई विशेष रूपमा लिइन्छ । तर,विश्वव्यापीकरणसँगै हाल यो दवस विश्वका धेरै देशमा मनाइन्छ ।

यसलाई वर्षभरिको सबैभन्दा ‘रोमान्टिक’ दिनको रूपमा प्रेमीहरु लिन्छन् ।

Back to top button