कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिनुभयो । उहाँले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाउनुभएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पार्नुभयो ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गर्नुभयो ।

चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गर्नुभयो । यस्तै, रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिनुभयो ।

Back to top button