मदरल्याण्ड एकाडेमीमा साँस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले विभिन्न कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाएको छ । स्कुल परिसरमा आज सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र भजनकीर्तन प्रतियोगिता आयोजना गरिएको छ ।

दुई चरणमा आयोजना गरिएको कार्यक्रममा पहिलो चरणमा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण सम्पन्न भएको स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले साँस्कृतिक नृत्य तथा गायनकला प्रस्तुत गरि सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । स्कुलले आयोजना गरेको स्पोर्ट्स मिटमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका प्रदेश सांसद भिम पराजुलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सीपमुलक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

Back to top button