अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । सरस्वती पूजाको अवसरमा विद्यालय परिसरमा आज अक्षरारम्भ र चित्रकला प्रर्दशनी गरिएको हो ।

कक्षा यूकेजीदेखि कक्षा १ सम्म अध्ययरत विद्यार्थीहरुले बनाएको चित्रकलाहरु प्रर्दशनीमा राखिएको थियो । प्रर्दशनीमा राखिएको चित्रकला विद्यार्थी, अभिभावक र अतिथिहरुले अवलोकन गरेका थिए ।

सरस्वती पूजाको अवसरमा स्कुलमा ८० जना विद्यार्थीहरुले अक्षरारम्भ गरेको स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिनुभयो । आज अक्षरारम्भ गरेका विद्यार्थीहरुको भर्ना शुल्क नलाग्ने विद्यालयले जनाएको छ ।

यस्तै विराटनगर–५ स्थित किड्स भिलेज स्कुलमा अक्षरारम्भ कार्यक्रममा ४७ जना नयाँ विद्यार्थीहरूको भर्ना गरिएको स्कुलकी एकेडेमिक डाइरेक्टर निरु पौडेलले बताउनुभयो ।

Back to top button