नेपाल मलेसियासँग ४ विकेटले पराजित

काठमाडौं । एसिया कप खेल्ने नेपालको सपना पुरा नभई सकिएको छ । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना साकार नभएको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको मलेसियाले १ बल अगावै लक्ष्य पूरा गर्‍यो।

मलेसियाका लागि इल्सा हन्टरले अविजित ६९ रन बनाउनुभयो । यस्तै मास इलिसाले १३ रन, महिरा इज्जतीले १६ रन र वान जुलियाले ११ रन बनाउनुभयो।

त्यसअघि नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन, डली भट्टले २५ रन, कविता कुँवरले २३ रन र रुविना क्षेत्रीले २० रन बनाउनुभयो। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

Back to top button