महालक्ष्मी विकास बैंक नेप्सेको ‘ए’ वर्गमा पर्न सफल

काठमाडौं । महालक्ष्मी विकास बैंक संगठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा परेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको फागुन ३ गते उक्त वर्गीकरणमा परेको हो ।

चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार मुनाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेका संस्था‘ए’ वर्गमा पर्ने व्यवस्था छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ मा रहेको नियमबमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको हो । बैंकले २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित गरिसकेको छ।

‘सबल बैंक, सफल सहकार्य’को नारा अंगीकार गरेको विगत २८ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यो बैंकका देशभर १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक छन् ।

Back to top button