एमालेले भोलि गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने

काठमाडौं । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने भएको छ । पार्टीले भोलि (शनिवार) गुह्येश्वरीदेखि धापसम्म यात्रा गर्ने भएको हो ।

यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले काठमाडौं जिल्ला कमिटीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

आयोजकका अनुसार यात्रा बिहान ९ बजे पशुपति गुह्येश्वरीबाट सुरू हुनेछ ।

Back to top button