नेदल्याण्ड्सविरुद्ध नेपाललाई पाँचौ सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले पाँचौ सफलता पाएको छ । कुशल मल्लले आफ्नै बलमा नट स्ट्राइकर एण्डमा रहनुभएका नोआह क्रशलाई रन आउट गर्नुभएको हो ।

स्कट एडवार्ड्सले हानेको बल कुशलको हातमा लागेर स्टम्प ठल्न पुगेको थियो । त्यतिखेर क्रश थोरै अघि बढ्नुभएको हुँदा रन आउट हुनुभयो ।

यसअघि ललित राजवंशीले २ तथा सोमपाल कामीले एक विकेट लिनुभएको थियो भने नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडाउड रन आउट हुनुभएको थियो ।

Back to top button