एमाले सोलुखुम्बुको आठौं जिल्ला अधिवेशन चैतको २३ र २४ गने हुने

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुको आठौं जिल्ला अधिवेशन आगामी चैतको २३ र २४ गते हुने भएको छ ।

अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा शुक्रबार सम्पन्न जिल्ला कमिटीको १२ औं पूर्ण बैठकले आंठौ जिल्ला अधिबेशन चैत २३ र २४ गते गर्ने निर्णय गरेको जिल्ला कमिटीका पदेन सदस्य तथा नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिनुभयो ।

जिल्ला कमिटी अध्यक्ष बास्तोलाको प्रस्ताव अनुसार बैठकले बर्तमान जिल्ला कमिटीलाई मूल आयोजक कमिटीमा रुपान्तरण गर्दै प्रतिनिधि चयनका लागि मापदण्ड समेत तय गरेको उहाँले बताउनुभयो।

मूल ब्यबस्थापन समितिका १०८ सदस्य संवत् प्रतिनिधि हुनेछन् भने उत्पीडित जातिको हकमा १ बराबर १,महिलाको हकमा २ बराबर १ र खुल्ला तर्फ संगठित सदस्य संख्याका आधारमा ४ बराबर १ जना प्रतिनिधि चयन गर्ने गरी मापदण्ड तय गरिएको छ । बैठकले जिल्लाका ५२ वटै वडामा चैत १५ गते एकैदिन प्रतिनिधि चयन गर्ने कार्यतालिका समेत निर्धारण गरेको बास्तोलाले बताउनुभयो । अधिबेशनमा जनसंगठनहरुबाट २८ जना,सम्पर्क मञ्चबाट ७ जना र जिल्ला सल्लाहकार परिषदबाट ७ जना प्रतिनिधिले सहभागीता जनाउन पाउने छन्।

जिल्ला अधिबेशन सम्पन्न गर्नका लागि बैठकले नेताहरुको कार्य बिभाजन समेत गरेको छ । जस अनुसार अध्यक्ष तथा अधिबेशन मूल आयोजक कमिटी संयोजक डुफकुमार बास्तोलालाई राजनीतिक प्रतिबेदन लेखनको जिम्मेवारी दिइएको छ भने सांगठनिक प्रतिबेदन लेखन उपाध्यक्ष हर्कबहादुर राई र आर्थिक प्रतिबेदन लेखन सहसचिव दिपक राजभण्डारीले गर्नुहुने छ ।

मूल आयोजक समिति अन्तरगत विभिन्न ७ वटा उपसमिति गठन गरिएको बताइएको छ । उपसमिति अन्तर्गत आर्थिक उपसमितिको संयोजकमा अध्यक्ष बास्तोला,अतिथि सत्कार उपसमितिकोको संयोजकमा हर्कबहादुर राई,प्रतिनिधि ब्यबस्थापन उपसमितिको संयोजकमा आशकुमार राई ‘शिशिर’खाद्य तथा आवास ब्यबस्थापन उपसमितिको संयोजकमा दीपक राजभण्डारी,प्रचार प्रसार उपसमितिको संयोजकमा मुक्ति बास्तोला,सांस्कृतिक उपसमितिको संयोजकमा कल्पना राई र मञ्च ब्यबस्थापन तथा स्वंसेवक उपसमितिको संयोजकमा प्रवेश किराँती रहेको जिल्ला कमिटी अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो ।

बैठकले जनसंगठनहरुको अधिबेशनको मिति समेत तय गरेको छ । अध्यक्ष बास्तोलाका अनुसार राष्ट्रिय युवा संघको फागुन २५ गते,लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला सम्मेलन चैत १० गते,र प्रेस चौतारी,अनेमसंघ र उत्पीडित जातीय मुक्ति समाजको अधिबेशनका लागि चैत ३ गतेको मिति तय गरिएको छ।

नेकपा एमालेका सचिब समेत रहेका कोशी प्रदेश कमिटी इन्चार्ज रघुबीर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा पूलिटब्युरो सदस्य जुली महतो,कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम उपाध्यक्ष टिकाराम चेम्जोङ, कोशी प्रदेशका जनसंगठन इन्चार्ज यज्ञ राज सुनुवार,नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका इन्चार्ज किशोर अधिकारी र केन्द्रीय सदस्य मानबीर राई लगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने अन्य प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।

Back to top button