एभरेष्ट कार्निभलः बालबालिकाको कौशलता देखेर अभिभावक मख्ख(भिडियोसहित)

विराटनगर । विराटनगर–५स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि ‘एभरेष्ट कार्निभल 2.o’ सुरू भएको छ ।

कार्निभलको पहिलो दिन आज एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि ५ सम्मका बालबालिकाले आफूले जानेका विषयको प्रदर्शनी गरेर अभिभावकलाई मख्ख बनाएका छन् । सयौंको संख्यामा उपस्थित अभिभावकलाई बालबालिकाले विभिन्न प्रतियोगितामा सरिक बनाउँदै विजेता बन्न प्रेरित गरिरहेका थिए ।

यस्तै आफ्नो कक्षामा पढेका विषयत पाठमा नाटक प्रस्तुत गर्दा अभिभावक मख्ख परिरहेका देखिन्थे । कार्निभलमा नाटक हेरिरहेका अभिभावक बलराम गिरीले भन्नुभयो,‘कस्तो बबाल एक्टिङ गरेको ।’ गाउँ समाज मिलेर बस्नुपर्छ भन्ने सन्देश बोकेको पाठको नाटक देखाइरहेका बालबालिकाले अधिकांश अभिभावकको ध्यान खिच्न सक्यो ।

गणित, नेपाली, समाजिक, विज्ञान, कम्प्युटर, बिंगोलगायतका विभिन्न क्षेत्र छुट्याएर बालबालिकाले आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुको परियोजना प्रदर्शनी गरेका थिए । विषयगत विषयमा अभिभावकलाई समेत खेल खेलाउँदै तक्मा दिइरहेका देखिन्थे ।

एउटा महोत्सव जस्तै लाग्ने कार्निभलमा रहेका ३५ वटा स्टलमा कतिपय अभिभावक तथा विद्यार्थीहरु अवलोकन गर्न, खेल्न ब्यस्त देखिन्थे भने कोही फोटो खिच्न त कोही बालबालिकाका प्रतिभाहरु हेरेर मख्ख देखिन्थे ।

कार्निभलको दोस्रो दिन विद्यालयभित्रै आन्तरिक प्रदर्शनी गर्ने तयारी गरेको एभरेष्टले फागुन ७ गते भने कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको प्रत्यक्ष सहभागितामा भव्य रुपमा विभिन्न प्रदर्शनी, एभरेष्ट सिङ्गिङ आइडल- २०८०को ग्राण्ड फिनालेलगायतका कार्यक्रम गर्दै सम्पन्न गर्ने एभरेष्ट स्कुलका भाईस प्रिन्सिपल नारायण कडरीयाले बताउनुभयो ।

Back to top button