नेपालसंग नेदरल्यान्ड ९ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत पहिलो जित निकालेको छ ।
नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको हो । नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाउनुभयो । कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट हुनुभयो ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।

नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट हुनुभएको थियो ।

स्पिनर कुशल भुर्तेलले सर्वाधिक ४, ललित राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एक/एक विकेट लिनुभयो ।

Back to top button