विराटनगरमा कबड्डी प्रतियोगिता सुरु

विराटनगर । आजदेखि विराटनगरमा मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता सुरु भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा वडाको सहभागिता रहेको छ । तीनदिने प्रतियोगिताको पहिलो दिन आज वडा नम्बर १४ र १७ विजयी भएका छन् । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई ९५ –२० को अंकले हराएको हो ।

यस्तै वडा नम्बर १७ ले वडा नम्बर १ ले ४४ – २४ अंकले हराएको छ । अर्का खेलमा ११ र २ नम्बर वडाबीच भएको खेलमा ११ नम्बर विजयी भयो । वडा नम्बर ११ ले ९९ – २२ अंकले हराएको हो । विजयी टोली सेमिफाइनमा प्रवेश गरेका छन् ।

विराटनगर महानगर कबड्डी संघका अध्यक्ष उपेन्द्र यादवले भोलि पनि पहिलो चरणकै बाँकी खेल हुने र पर्सि सोमबार सेमिफाइनल र फाइनल खेल हुने जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ३१ हजार र उपविजेताले नगद २१ हजार तथा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक हमिद आजादले बताउनुभयो ।

यस्तै उदीयमान खेलाडी र सर्वाेउत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार दिइने उहाँले जानकारी दिनुभयो ।

Back to top button