अन्तर–स्कुल क्रिकेट प्रतियोगिताः सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकाडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७ ओभर ८ विकेट गुमाई ८३ रन बनाएको थियो । जस्मा अभिषेक यादवले सर्वाधिक २५ रन बनाउनुभयो ।

मदरल्याण्डका विरजल राजवंशीले ४ विकेट लिँदा खेमराज हमालले ३ विकेट लिनुभयो । ८४ रनको लक्ष्य पछ्याएको मदरल्याण्डले १२ दशमलव ३ बलमा सवै विकेट गुमाई ३५ रनमा सिमित भयो । मदरल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । सरस्वतीका म्यान अफ द म्याच अभिषेक यादवले ४ विकेट लिनुभयो ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले महेन्द्र स्कुललाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५५ रनको योगफल तयार पारेको थियो । जस्मा सलमान कामतले सर्वाधिक ४९ रनको योगदान दिनुभयो । महेन्द्रका शिवम् झाले ४ विकेट लिनुभयो ।

१ सय ५६ रनको विजयी लक्ष्य पाएको महेन्द्रले १७ ओभरमा सवै विकेट गुमाई ७३ रनमा सिमित भयो । जस्मा शिवम् झाले सर्वाधिक २९ रन बनाए । सत्यनारायणका म्यान अफ म्याच सलमान कामतले ४ विकेट लिनुभयो ।

Back to top button