नेपाल स्काउटको विराटनगर महानगर स्थानीय आयुक्तमा पहाडी नियुक्त

विराटनगर । नेपाल स्काउटको विराटनगर महानगरपालिकाको स्थानीय आयुक्तमा नविन पहाडी नियुक्त हुनुभएको छ । उहाँलाई विराटनगर महानगरका प्रमुख तथा स्थानीय स्काउट संरक्षक नागेश कोइरालाले नियुक्त गर्नुभएको हो ।

गत माघ २२ गते सम्पन्न नेपाल स्काउट स्थानीय परिषद निर्वाचनमा विराटनगर महानगरपालिका स्थानीय परिषद सदस्य पदमा निर्वाचित पहाडीलाई नेपाल स्काउट नियमावली २०७७ परिच्छेद ६ दफा २१ को उपदफा १ को खण्ड क बमोजिम नियमावलीले व्यवस्था गरे अनुसारको कार्यकालसम्म रहने गरी स्थानीय आयुक्तमा मनोनित गरेको नियूक्ति पत्रमा उल्लेख छ ।

नेपाल स्काउट ऐन २०५० (केही संसोधन) र नेपाल स्काउट नियमावली २०७७ मा भएको व्यवस्था बमोजिम नेपाल स्काउटको ऐन, नियम तथा नियमावलीको अधिनमा रही स्थानीय स्काउटका गतिविधिहरु सञ्चालन गर्ने विश्वास ब्यक्त गर्दै संरक्षक कोइरालाले सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

पत्रमा स्थानीय स्काउट प्रमुख तथा विराटगर महानगर उपप्रमुख शिल्पा निराला कार्की, स्काउट कार्यालय कोशी प्रदेश र शैक्षिक प्रशासन महाशाखा, युवा तथा खेलकुद शाखा विराटनगर महानगरपालिकालाई बोधार्थ दिइएको छ ।

Back to top button