लोकतान्त्रिक मूल्य मान्यतालाई जीवन पद्दति बनाउन सके प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतान्त्रिक मूल्य मान्यतालाई जीवन पद्दति बनाउन सके प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताउनुभएको छ ।

आज फागुन ७ गते अर्थात प्रजान्तत्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले राज्य शक्तिको स्रोत जनता हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक मूल्य मान्यतालाई जीवन पद्दति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

जनताको संघर्षले जहाँनीया निरङ्कुश शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको यस दिनकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँले बताउनुभएको छ ।

‘वर्तमान शासन व्यवस्थाले सहिदको मार्गदर्शन, जनताको आवश्यकता र आकांक्षालाई मूर्त रुप दिन सक्नुपर्दछ,’मुख्यमन्त्री कार्कीले भन्नुभएको छ,‘यसका लागि हामीले माजवीय विकास, सामाजिक न्याय, समाजिक सद्भाव तथा आर्थिक समुन्नतिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ ।’

लोकतन्त्रका मूल्य, मान्यता र आदर्शहरुलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार रहेको धारणा व्यक्त गर्दै उहाँले लोकतन्त्र हाम्रो चिन्तन, जीवन पद्दति र व्यवहार पनि रहेको बताउनुभएको छ ।

Back to top button