कांग्रेसका तीन संस्थाले भनेः हिन्दू राष्ट्रको एजेन्डा पार्टी नीति विपरीत

काठमाडौं । हिन्दू राष्ट्रको एजेन्डालाई पार्टी बैठकमा प्रवेश गराउन दबाब दिने कांग्रेस नेताहरुको क्रियाकलापप्रति पार्टी भित्रकै तीन संस्थाले विरोध जनाएका छन् ।

प्राप्त भएका उपलब्धिहरुको कार्यान्वयन गर्नुपर्ने अवस्थामा पार्टीभित्र र बाहिर विभिन्न अभियानका नाममा संविधान र पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि भएको तीन संस्थाले विज्ञप्ति निकालेर जनाएका छन् ।

आदिवासी जनजाति विभाग, लोकतान्त्रिक आदिवासी महासंघ र मुस्लिम संघले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रणालीको कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्नुपर्ने जनाएका छन् ।

महासमिति बैठकले पार्टीको नीति, विचार र सिद्धान्त विपरीतका कुनै निर्णय नगराउन पार्टीको ध्यानाकर्षण गराइएको छ ।

Back to top button